Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

विप्लवद्वारा वली र बास्तोलालाई कारवाही

विप्लवद्वारा वली र बास्तोलालाई कारवाही

दैनिकी न्यूज

१४, बैशाख २०७९
विप्लवद्वारा वली र बास्तोलालाई कारवाही
images

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले पार्टी सचिवालय सदस्यहरू हेमन्तप्रकाश वली र धर्मेन्द्र बाँस्तोलालाई जिम्मेवारीबाट मुक्त गरेका छन् । एक विज्ञप्ति जारी गर्दै चन्दले दुवैलाई पार्टी गतिविधिविरुद्ध लागेको भन्दै जिम्मेवारी मुक्त गरेका हुन् ।

चन्दले दुवैलाई जिम्मेवारी मुक्त गर्नुको कारण अराजक अन्तर्वार्ता दिएको, गुटबन्दी गरेको, पार्टीका मूल्यमान्यता भत्काएको आरोप लगाएका छन् । आफूले देखाएको संयमता र उदारतालाई कमजोरी ठान्ने काम वली र बास्तोलाबाट भएको चन्दको भनाइ छ ।

बास्तोलाले पार्टीको तर्फबाट स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेकालाई फिर्ता हुन विज्ञप्ति जारी गरेका थिए । पार्टी सचिवालयको तर्फबाट त्यसरी विज्ञप्ति जारी गरेकोमा चन्द झन् चिढिएका थिए ।

images
प्रकाशित मिति :बैशाख १४, २०७९ बुधवार - १३:०२:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology