काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ११ जना नया संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा प्रवक्ता डा।संगीता मिश्राले दिनुभएको जानकारी अनुसार पीसीआरबाट ८ र एन्टिजेनबाट ३ जनामा कोरोना पुष्टि भएको हो ।
२४ घण्टामा ५ हजार ८९१ कोरोना परीक्षण भएको छ । जसमा पीसीआर ४ हजार ११९ र एन्टिजेन १ हजार ७७२ छ ।
१७ जना कोरोनामुक्त भएको र कसैको मृत्यु नभएको प्रवक्ता डा।मिश्राले बताउनुभएको छ ।
मिश्राका अनुसार २४ घण्टाको पीसीआर परीक्षणको संक्रमणदर ०।२ प्रतिशत छ । देशभर हाल २५२ जना संक्रमित रहेकोमा जम्मा १ जना अस्पतालमा रहेको र २५१ जना मात्रै अस्पतालमा रहेको पनि उहाँले बताउनुभएको छ ।