काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन ९८ हजार रुपैयाँ र तेजाबी सुन ९७ हजार ५०० रुपैयाँ कायम भएको छ।
हिजो बुधबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९९ हजार रुपैयाँ र तेजाबी सुन ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ३२० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३४० रुपैयाँमा किनबेच भएको थियो।