Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज देशभर १४ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर १४ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१६, बैशाख २०७९
आज देशभर १४ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ७७१ जनाको कोरोना परीक्षण हुँदा १४ जनालाई संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १९ जना संक्रमणमुक्त भएका छन् भने कसैको पनि संक्रमणबाट मृत्यु भएको छैन ।

मन्त्रालयका अनुसार १ हजार ७७८ नमुना पीसीआर र ९९३ एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । जसमध्ये १३ जना पीसीआर र १ जनामा एन्टिजेन विधिबाट कोरोना संक्रमण पुष्टि भएको हो ।

अहिले देशभर २४३ जना सक्रिय संक्रमित रहेका छन् ।

images
प्रकाशित मिति :बैशाख १६, २०७९ शुक्रवार - २०:४३:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology