Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

देशभर थपिए २० जना कोरोना संक्रमित

देशभर थपिए २० जना कोरोना संक्रमित

दैनिकी न्यूज

१८, बैशाख २०७९
देशभर थपिए २० जना कोरोना संक्रमित
images

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २० जनामा संक्रमण पुष्टि भएको हो।

३ हजार २२२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

२ हजार ५०८ जनाको पिसिआर र ७ सय १४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

यस्तै अहिले देशभर २२१ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

images
प्रकाशित मिति :बैशाख १८, २०७९ आइतवार - १८:१७:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology