काठमाडौं । केहि दिन यता नेपाली बजारमा सुनको भाउमा निरन्तर घटेको छ । हिजो सुनको भाउ प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा एक हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ९७ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९६ हजार ७ सय रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ । हिजो चाँदीको भाउ प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि भाउ कायम भएको महासंघले जनाएको छ ।