काठमाडौँ । काठमाडौँ महानगरपालिकाको उपमेयरकी उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । महानगरको उपमेयरमा नेकपा (एमाले) को तर्फबाट उम्मेदवारी दिएकी डंगोलविरुद्ध अख्तियारमा उजुरी परेको हो ।
काठमाडौँ महानगरपालिकामा विज्ञको रूपमा काम गर्दा शैक्षिक योग्यता ढाँटेर चार वर्ष काम गरेको भन्दै अख्तियारमा उजुरी परेको हो । शैक्षिक प्रमाणपत्र ढाटेर महानगरको योजना आयोगको विज्ञ सल्लाहकारको नियुक्ति लिइ पाँच वर्ष जागिर खाएको भन्दै अख्तियारमा उजुरी परेको हो ।
१६ वैशाखमा परेको उजुरीमा सुनितामाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को कसुरमा सजाय गराई उनले प्राप्त गरेको रकम तथा जरिवानासमेत असुल उपर गराउन माग गरिएको छ ।