काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप ३२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३२ जनामा संक्रमण पुष्टि भएको हो।
३ हजार ९४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
१ हजार ५०४ जनाको पिसिआर र १ हजार ५९० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै २३ जना कोरोना मुक्त भएका छन्।
अहिले देशभर २१७ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।