काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन ९८ हजार रुपैयाँ र तेजाबी सुन ९७ हजार ५०० रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार सुनको भाउ एकैदिन तोलामा १ हजार ४०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९८ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर १ हजार २८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३०५ रुपैयाँमा किनबेच भएको थियो।