Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर १४ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर १४ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२४, बैशाख २०७९
आज देशभर १४ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । देशभर थप १४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।

शनिबार १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

दुई हजार ७१६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। एक हजार ४२० जनाको पिसिआर र एक हजार २९६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

२१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।

देशभर २०५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

images
प्रकाशित मिति :बैशाख २४, २०७९ शनिवार - १४:५५:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology