Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

मंगलबार सात सयले घट्यो सुनको भाउ

मंगलबार सात सयले घट्यो सुनको भाउ

दैनिकी न्यूज

२७, बैशाख २०७९
मंगलबार सात सयले घट्यो सुनको भाउ
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज घटेको छ । हिजो सुनको भाउ प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ७ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ९८ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९७ हजार एक ७ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । हिजो चाँदीको भाउ प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १२ सय ७५ रुपैयाँ भाउ कायम भएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख २७, २०७९ मंगलवार - १२:१६:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology