Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

६, जेठ २०७९
सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन ९७ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ८०० रुपैयाँ कायम भएको छ।

हिजो बिहीबार पनि सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९६ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १२ सय ७० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १२ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

images
प्रकाशित मिति :जेठ ६, २०७९ शुक्रवार - ११:०५:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology