काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदी दुवैको भाउ स्थिर रहेको हो।
आज भाउ स्थिर रहँदै प्रतितोला छापावाल सुन ९८ हजार रुपैयाँ र तेजाबी सुन ९७ हजार ५०० रुपैयाँ नै कायम भएको छ।
हिजो तोलामा ७०० रुपैयाँले बढेर प्रतितोला छापावाल सुन ९८ हजार रुपैयाँ र तेजाबी सुन ९७ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।
चाँदीको भाउ पनि आज स्थिर रहँदै तोलाको १२ सय ७० रुपैयाँ कायम भएको छ। हिजो पनि भाउ स्थिर रहँदै चाँदी १२ सय ७० रुपैयाँमै कारोबार भएको थियो।