Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बुस्टर डोज लगाउने कम

बुस्टर डोज लगाउने कम

दैनिकी न्यूज

११, जेठ २०७९
बुस्टर डोज लगाउने कम
images

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणबाट बच्नको लागि कोरोनाविरुद्धको थप मात्राको व्यवस्था गरे पनि यसप्रति नागरिकको चासो कम देखिएको छ। सरकारले कोरोनाको जोखिम कम गर्न खोपको थप मात्रा ९बुस्टर डोज० व्यवस्थापन गरे पनि दोस्रो मात्रा खोप लगाएका एक चौथाइ नागरिकले पनि तेस्रो मात्रा खोप लगाएका छैनन्।

स्वास्थ्य कार्यालय काभ्रेको तथ्याङ्कअनुसार हालसम्म दोस्रो मात्रा खोप लगाएका करिब १९ प्रतिशत नागरिकले मात्र तेस्रो मात्रा खोप लगाएका छन्। स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख वरिष्ठ स्वास्थ्य प्रशासक डा। पुरुषोत्तमराज सेढाईले जिल्लामा कोरोना सङ्क्रमणविरुद्धको ‘बुस्टर डोज खोप लगाउने नागरिकको सङ्ख्या एकदमै कम रहेको बताए। ुहामीले नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउनका लागि सबै स्थानीय तहमा खोप पुऱ्याएका छौँ, नागरिकलाई यसको फाइदाको बारेमा सचेतनासमेत फैलाएका छौँ तर उहाँहरूले तेस्रो मात्रा खोप लगाउन चासो दिनुभएको छैन, डा। सेढाईले थपे। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :जेठ ११, २०७९ बुधवार - ०८:२१:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology