काठमाडौं । केहि दिनदेखि स्थिर रहेको नेपाली बजारमा सुनको भाउमा आज सामान्य वृद्धि भएको छ । हिजो सुनको भाउ प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएकोमा आज तोलामा २ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ९८ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९७ हजार एक ७ रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको भाउ पनि सामान्य वृद्धि भएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १२ सय ७५ रुपैयाँ भाउ कायम भएको महासंघले जनाएको छ ।