Logo

बुधवार, श्रावण २७ गते २०८३

images

कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि

कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि

दैनिकी न्यूज

१४, जेठ २०७९
कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि
images

काठमाडौं । कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली ९ईपीएस० शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा जेठ १९ देखि असार ३ सम्म सञ्चालन हुने जनाइएको हो । यसअघि वैशाख २६ देखि सञ्चालन गर्ने भनिए पनि स्थानीय तहको निर्वाचनका कारण स्थगन गरिएको थियो ।

ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कुटुवालले परीक्षा अवधिमा सार्वजनिक बिदाका दिनबाहेक अन्य दिन दैनिक तीन सिफ्टमा छ सय जनाको दरले परीक्षा दिन सक्ने गरी व्यवस्था मिलाइएको जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :जेठ १४, २०७९ शनिवार - ०७:३२:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology