काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप ६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ६ जनामा संक्रमण पुष्टि भएको हो।
२ हजार ४११ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
१ हजार ५५३ जनाको पिसिआर र ८ सय ५८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै १३ जना कोरोनामुक्त भएका छन्।
अहिले देशभर १०२ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।