Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

आजदेशभर १५ जनामा कोरोना संक्रमण पुष्टि

आजदेशभर १५ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१८, जेठ २०७९
आजदेशभर १५ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ४ हजार ८ सय ४२ जनाको नमुना परीक्षण गर्दा १५ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप ११ जना कोरोना भाइरसका सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन । अहिले नेपालमा ९८ जना कोरोना भाइरसको सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरू सबै होम आइसोलेशनमा रहेका मन्त्रालयले जनाएको छ ।

हिजो र आज प्राप्त विवरणअनुसार तीन लाख तीन हजार सात सय ५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका पनि मन्त्रालयले जनाएको छ ।

images
प्रकाशित मिति :जेठ १८, २०७९ बुधवार - १७:३२:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology