Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आजदेशभर १५ जनामा कोरोना संक्रमण पुष्टि

आजदेशभर १५ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१८, जेठ २०७९
आजदेशभर १५ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ४ हजार ८ सय ४२ जनाको नमुना परीक्षण गर्दा १५ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप ११ जना कोरोना भाइरसका सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन । अहिले नेपालमा ९८ जना कोरोना भाइरसको सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरू सबै होम आइसोलेशनमा रहेका मन्त्रालयले जनाएको छ ।

हिजो र आज प्राप्त विवरणअनुसार तीन लाख तीन हजार सात सय ५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका पनि मन्त्रालयले जनाएको छ ।

images
प्रकाशित मिति :जेठ १८, २०७९ बुधवार - १७:३२:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology