Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

पल शाहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश उच्च अदालतद्वारा सदर

पल शाहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश उच्च अदालतद्वारा सदर

दैनिकी न्यूज

१९, जेठ २०७९
पल शाहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश उच्च अदालतद्वारा सदर
images

पोखरा । जबरजस्ती करणीको आरोपमा पक्राउ परेका अभिनेता पल शाह (पूर्णविक्रम शाह) लाई उच्च अदालत पोखराले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

उच्च अदालत पोखराले जिल्ला अदालत तनहुँकै फैसलालाई सदर गरेको हो । बिहीबार उच्च अदालतका न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई पुर्पक्षका लाथि थुनामा पठाउने तनहुँ अदालतकै फैसला सदर गरेको हो ।

नाबालिकालाई जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए । शाहका तर्फबाट कानुन व्यवसायीले तनहुँ जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध मंगलबार निवेदन दिएका हुन् ।

तनहुँ जिल्ला अदालतको चैत १० को आदेशले शाहलाई पुर्पक्षका लागि जेल चलान गरेको थियो । उक्त आदेश खारेज गरिपाऊँ भन्दै शाहका तर्फबाट निवेदन परेको थियो । तनहुँका जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै उनी जिल्ला कारागार चलान भएका थिए ।

१७ वर्षीया किशोरीका बुबाले म्युजिक भिडियो छायांकनका क्रममा शाहले बारम्बार जबर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै गत फागुन ११ मा तनहुँ प्रहरीमा जाहेरी दर्ता गराएका थिए ।

images
प्रकाशित मिति :जेठ १९, २०७९ बिहिवार - २०:०७:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology