Logo

सोमवार, श्रावण २५ गते २०८३

images

राजस्व सङ्कलनको लक्ष्य भेट्न मुस्किल

राजस्व सङ्कलनको लक्ष्य भेट्न मुस्किल

दैनिकी न्यूज

४, आषाढ २०७९
राजस्व सङ्कलनको लक्ष्य भेट्न मुस्किल
images

काठमाडौं । पछिल्लो समय विभिन्न शीर्षकमा सङ्कलन हुने करका दर र राजस्व उठाउने सेवालाई प्रभावकारी बनाएको दाबी गर्दै आएको सरकारलाई यस वर्ष राजस्व सङ्कलनको लक्ष्य भेट्न मुस्किल पर्ने भएको छ ।

आन्तरिक राजस्व विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको बितेका ११ महिनाको अवधिमा जेठ मसान्तसम्मको तथ्यांकअनुसार राजस्व सङ्कलनको लक्ष्य भेट्न मुस्किल पर्ने अवस्था देखिएको हो ।

विभागले सार्वजनिक गरेको विवरणअनुसार हाल वैदेशिक मुद्रा सञ्चिती, पुँजीगत खर्च, हरेक वस्तुको आयात नियन्त्रणमा असफलता लगायत अधिकांश सूचकमा देश आर्थिक रूपले कमजोर बन्दै गएको अवस्थामा सरकारले चालू आवमा राजस्व सङ्कलनको लक्ष्यसमेत भेटाउन नसक्ने अवस्था देखिएको छ । विभागले यस अवधिमा सबै शीर्षकमा गरी जम्मा ८८ दशमलव ४ प्रतिशत मात्र राजस्व सङ्कलन भएको जनाएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :आषाढ ४, २०७९ शनिवार - ०८:१८:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology