Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरमा ११ वर्षसम्मका बालबालिकालाई कोरोना खोप लगाइने

ललितपुरमा ११ वर्षसम्मका बालबालिकालाई कोरोना खोप लगाइने

दैनिकी न्यूज

५, आषाढ २०७९
ललितपुरमा ११ वर्षसम्मका बालबालिकालाई कोरोना खोप लगाइने
images

 ललितपुर । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले ५ देखि ११ बर्षसम्मका बालबालिकालाई कोभिड-१९ विरुद्धको फाइजर खोप लगाउने भएको छ ।

आइतबार पत्रकार भेटघाटका क्रममा स्वास्थ्य कार्यालयले असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र साउन २ गतेदेखि ८ गतेसम्म दोस्रो मात्राको खोप कार्यक्रम सन्चालन गर्ने जनाएको हो ।

खोप कार्यक्रमको लागि खोप केन्द्र र स्थान निर्धारण गर्ने, लक्षित सङ्ख्या निर्धारण गर्ने, जनशक्ति परिचालन गर्नेलगायत तयारी भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाका ६ स्थानीय तहमा ८० हजार ४९५ जना पाँचदेखि ११ वर्षसम्मका बालबालिका रहेको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । यो सङ्ख्या विद्यालयमा सुचिकृत भएका आधारमा तय गरिएको हो ।

यसवाहेक तथ्यांक घटबढ हुन सक्ने स्वास्थ्य कार्यालयले जनाएको छ । ललितपुर महानगरपालिका बाहेक अन्य पालिकामा एक-एक दिनको समय तोकेर कार्यक्रम अघि बढाइने स्वास्थ्य कार्यालय प्रमुख सतिश विस्टले जानकारी दिए । उनका अनुसार इटाभट्टामा काम गर्ने र विद्यालयको पहुँचमा नरहेका बालबालिकालाई पनि सम्बन्धित पालिकाबाट खोप दिइने छ । बालबालिकालाई दिइने फाइजर खोपको लागि अनुगमन समेत गरिने प्रमुख विस्टले बताए। 'यो खोपको रंग फरक छ, जसका कारण प्रयोग गर्न र चिन्न थाहा हुनेछ,'उनले भने, 'यो खोपको प्याकेट सुन्तला रंगको छ ।' यो खोपको प्रयोग ९१ प्रतिशत प्रभावकारी मानिएको छ भने अन्य मुलुकमा पनि यसको प्रयोग भइसकेको छ ।

यो खोप ५-११ उमेर समुहका बालबालिकाबाहेक अन्य उमेर समुहकालाई दिन मिल्दैन । जिल्लाभरीका बालबालिकालाई पुग्ने खोप छ र यो खोपको दुई मात्रा लगाए मात्रै पुग्नेछ । पहिलो मात्रा लगाएको २१ दिनपछि दोस्रो मात्रा लगाइने छ ।

ललितपुरमा १२ देखि १७ बर्षसम्मका वालबालिकालाई पहिलो र दोस्रो मात्रा खोप लगाइसकिएको छ। उनीहरूलाई छिट्टै बुस्टर डोज खोप दिइने छ ।

images
प्रकाशित मिति :आषाढ ५, २०७९ आइतवार - १४:२३:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology