Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

अर्थमन्त्री शर्माद्धारा विश्व बैंकको क्षेत्रिय कार्यालय उद्घाटन

अर्थमन्त्री शर्माद्धारा विश्व बैंकको क्षेत्रिय कार्यालय उद्घाटन

दैनिकी न्यूज

८, आषाढ २०७९
अर्थमन्त्री शर्माद्धारा विश्व बैंकको क्षेत्रिय कार्यालय उद्घाटन
images

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का मान्जेस्तुले काठमाडौंको दरबारमार्गस्थित पुननिर्माण पश्चात् तयार भएको विश्व बैंकको नयाँ क्षेत्रिय कार्यालयको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
यो कार्यालयको उद्घाटनपश्चात् श्रीलंकामा अवस्थित उप–क्षेत्रीय कार्यालय विधिवत् रुपमा नेपालमा सरेको छ । अब यहीं कार्यालयबाट नेपाल, माल्दिभ्स र श्रीलंकाको कार्य संचालन हुनेछ । नयाँ क्षेत्रिय कार्यालयको उद्घाटन गर्दै अर्थ मन्त्री शर्माले नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखी भरपर्दो साझेदारका रुपमा रहीआएको बताए । सन् १९६९ मा विश्व बैंकबाट पहिलो पटक १७ लाख अमेरिकी डलर बराबरको सहयोग लिएकोमा हाल विश्व बैंकको बित्तीय सहयोगमा संचालित २५ आयोजनाहरुमा करिब ३ अर्ब अमेरिकी डलर बराबरको प्रतिबद्धता प्राप्त भइसकेको छ ।
कार्यालयको बिस्तार र स्तरोन्नतीसँगै संस्थामा काम गर्ने कर्मचारीको जिम्मेवारी पनि बढ्ने मन्त्री शर्माले विश्वास व्यक्त गरे । ‘विश्व बैंकले वित्तीय श्रोतलगायत ज्ञान, अनुभव र विश्वव्यापी असल अभ्यास पनि आदान प्रदान गर्दछ । विश्व बैंक अनुभवी र विषय विज्ञले भरिएको संस्थाका रुपमा चिनिदै आएको छ’ उनले भने, ‘त्यसको लाभ नेपालले पनि लिने विश्वास गरेको छु ।’
विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय बित्त निगमले सन् २००७ देखि नेपालमा काम शुरु गरेको र यसले निजी क्षेत्रको सहयोग तथा सहजीकरण गर्ने भएकाले नेपालका निजी क्षेत्र समेत लाभान्वित हुने विश्वास लिएको मन्त्री शर्माले बताए । नयाँ क्षेत्रीय कार्यालय अन्तराष्ट्रिय मापदण्डमा आधारित भई निर्माण सम्पन्न गरेको विश्व बैंकले जनाएको छ ।

janardan sharma pravakar.jpg

 

 

images
प्रकाशित मिति :आषाढ ८, २०७९ बुधवार - ०९:२२:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology