Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आजदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान शुरू

आजदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान शुरू

दैनिकी न्यूज

९, आषाढ २०७९
आजदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान शुरू
images

काठमाडौं । सरकारले आजबाट ५ वर्षदेखि १२ वर्ष मुनिका करिब ३९ लाख बालबालिकालाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान शुरू गरेको छ ।

सरकारले सो उमेर समूहका बालबालिकालाई दुइ चरणमा खोप अभियान सञ्चालन गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो चरणमा २७ वटा जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ ।

प्रदेश एकमा झापा, इलाम, सुनसरी, मोरङ गरी चार, मधेस प्रदेशमा सप्तरी, सिराह, धनुषा, महोत्तरी, पर्सा गरी पाँच जिल्ला रहेका छन् ।

त्यसैगरी, बाग्मती प्रदेशमा मकवानपुर, सिन्धुली, चितवन, काभ्रेपलान्चोक, ललितपुर गरी ७ जिल्ला रहेका छन् । गण्डकी प्रदेशका कास्की, नवलपरासी पूर्व गरी दुई जिल्ला रहेका छन् ।

लुम्बिनी प्रदेशका नवलपरासी पश्चिम, रुपन्देही, दाङ, बाँके, बर्दिया गरी पाँच जिल्ला रहेका छन् । कर्णली प्रदेशका सुर्खेत रहेका छन् र सुदूरपश्चिम प्रदेशमा कैलाली, कन्चनपुर र डडेल्धुरा गरी तीन जिल्ला रहेको मन्त्रालयले जनाएको छ।

सोही समूहलाई पहिलो मात्रा लगाएको २१ दिनपछि साउन २ देखि ८ गतेसम्म दोस्रो चरणको खोप अभियान सञ्चालन गर्ने सरकारको तयारी छ ।

बाँकी रहेका ५० वटा जिल्लामा भने भदौ ५ देखि ११ गतेसम्म पहिलो र सोही समूहलाई भदौ २७ गतेदेखि असोज १ गतेसम्म दोस्रोको खोप अभियान सञ्चालन गर्ने सरकारको तयारी छ ।

बालबालिकालाई खोप लगाउन सरकारले विद्यालयमा, नजिकको वास्थ्य संस्थालाई खोप केन्द्र तोकेको छ ।

images
प्रकाशित मिति :आषाढ ९, २०७९ बिहिवार - ०७:५५:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology