Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

आजदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान शुरू

आजदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान शुरू

दैनिकी न्यूज

९, आषाढ २०७९
आजदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान शुरू
images

काठमाडौं । सरकारले आजबाट ५ वर्षदेखि १२ वर्ष मुनिका करिब ३९ लाख बालबालिकालाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान शुरू गरेको छ ।

सरकारले सो उमेर समूहका बालबालिकालाई दुइ चरणमा खोप अभियान सञ्चालन गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो चरणमा २७ वटा जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ ।

प्रदेश एकमा झापा, इलाम, सुनसरी, मोरङ गरी चार, मधेस प्रदेशमा सप्तरी, सिराह, धनुषा, महोत्तरी, पर्सा गरी पाँच जिल्ला रहेका छन् ।

त्यसैगरी, बाग्मती प्रदेशमा मकवानपुर, सिन्धुली, चितवन, काभ्रेपलान्चोक, ललितपुर गरी ७ जिल्ला रहेका छन् । गण्डकी प्रदेशका कास्की, नवलपरासी पूर्व गरी दुई जिल्ला रहेका छन् ।

लुम्बिनी प्रदेशका नवलपरासी पश्चिम, रुपन्देही, दाङ, बाँके, बर्दिया गरी पाँच जिल्ला रहेका छन् । कर्णली प्रदेशका सुर्खेत रहेका छन् र सुदूरपश्चिम प्रदेशमा कैलाली, कन्चनपुर र डडेल्धुरा गरी तीन जिल्ला रहेको मन्त्रालयले जनाएको छ।

सोही समूहलाई पहिलो मात्रा लगाएको २१ दिनपछि साउन २ देखि ८ गतेसम्म दोस्रो चरणको खोप अभियान सञ्चालन गर्ने सरकारको तयारी छ ।

बाँकी रहेका ५० वटा जिल्लामा भने भदौ ५ देखि ११ गतेसम्म पहिलो र सोही समूहलाई भदौ २७ गतेदेखि असोज १ गतेसम्म दोस्रोको खोप अभियान सञ्चालन गर्ने सरकारको तयारी छ ।

बालबालिकालाई खोप लगाउन सरकारले विद्यालयमा, नजिकको वास्थ्य संस्थालाई खोप केन्द्र तोकेको छ ।

images
प्रकाशित मिति :आषाढ ९, २०७९ बिहिवार - ०७:५५:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology