Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज देशभर ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

आज देशभर ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

दैनिकी न्यूज

१०, आषाढ २०७९
आज देशभर ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार पाँच सय ५५ जनाको नमूना परीक्षण गर्दा ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप १४ जना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । अहिले नेपालमा एक सय ८१ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा एक लाख ५० हजार ६१ जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ १०, २०७९ शुक्रवार - २१:२२:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology