काठमाडौं । आज (मंगलबार) सुनचाँदीको बिक्री भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार भाउ तोक्दै हिजोकै भाउमा कारोबार भइरहेको जानकारी दिएको हो । जसअनुसार, आज छापावाल सुनको भाउ ९७ हजार ५०० रुपैयाँ तोकिएको छ । यस्तै, तेजाबी सुनको भाउ प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो सोमबार पनि यही भाउमा कारोबार भएको थियो ।
यसैगरी, आज चाँदीको भाउ पनि स्थिर छ । महासंघले सुनको भाउ स्थिर कायम भएको दिन आज चाँदी पनि स्थिर कायम भएको जानकारी दिएको हो । जसअनुसार, आज चाँदीको प्रतितोला भाउ १ हजार २०० रुपैयाँ कायम छ ।