Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कालोबजारी नियन्त्रण गर्न स्रोतमै निगरानी

कालोबजारी नियन्त्रण गर्न स्रोतमै निगरानी

दैनिकी न्यूज

३०, आषाढ २०७९
कालोबजारी नियन्त्रण गर्न स्रोतमै निगरानी
images

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा बढ्दो महँगी र कालोबजारी नियन्त्रण गर्न स्रोतमै निगरानी बढाउन थालेको जनाएको छ । उत्पादक र ठूला आयातकर्ताले निर्धारण गर्ने मनलाग्दी मूल्यमा अनुगमन गरेर नियन्त्रण गर्न सकियो भने तल्लो तहमा धेरै हदसम्म बजारको हालको बेथिति अन्त्य हुने सोचका साथ स्रोतमै निगरानी बढाउन थालिएको विभागले जनाएको हो ।

“यसअघि हुँदै आएको अनुुगमनलाई निरन्तरता दिँदै आएका छौँ, अबको मुुख्य अनुुगमन मुुहान सफाइमा केन्द्रित गर्ने तयारी गरेका छौँ । मुहानमा धेरै बेथिति रहेकाले यसको पूरै सफा गर्न समय लाग्छ तर सुुरुआत गरेका छौँ,” विभागका महानिर्देशक लीलाप्रसाद शर्माले भने । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :आषाढ ३०, २०७९ बिहिवार - ०६:५५:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology