Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज देशभर २६० जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २६० जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

३०, आषाढ २०७९
आज देशभर २६० जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । नेपालमा बिहीबार २६० जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८ सय ४४ जनाको परीक्षण गर्दा २६० जनामा कोरोना देखिएको हो।

उनीहरूमध्ये २१४ जनाले पिसिआर परीक्षण गरेका थिए भने ४६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

पछिल्लो समय नेपालमा दिनदिनै कोरोनाका संक्रमित थपिने क्रम बढ्दो छ। संक्रमण बढेसँगै सक्रिय संक्रमितको संख्या पनि उकालो लागेको छ। बिहीबार देशभर ११७१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ।

बुधबार २०६ जनामा कोरोना पुष्टि भएको थियो।

नेपालमा अहिलेसम्म ११ लाख २१ हजार जनामा कोरोना संक्रमण भएको छ भने ११ हजार ९५२ संक्रमितले ज्यान गुमाएका छन्।

images
प्रकाशित मिति :आषाढ ३०, २०७९ बिहिवार - २०:०१:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology