Logo

सोमवार, श्रावण २५ गते २०८३

images

उजुरीमध्ये ७० प्रतिशत फर्स्योट : अख्तियार

उजुरीमध्ये ७० प्रतिशत फर्स्योट : अख्तियार

दैनिकी न्यूज

२, श्रावण २०७९
उजुरीमध्ये ७० प्रतिशत फर्स्योट : अख्तियार
images

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७८–७९ मा कार्यालयमा प्राप्त उजुरीमध्ये ७० प्रतिशत फर्स्योट गरेको छ। आयोगले गत आवमा सम्पादन गरेको कार्यको प्रारम्भिक तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा उजुरी फर्स्योटको प्रतिशत ६४.२३ थियो।

आइतबार सार्वजनिक गरिएको विवरणअनुसार आयोगमा गत आव २०७८–७९ मा १४ हजार १४८ वटा उजुरी दर्ता भएका थिए । त्यसबाहेक अघिल्लो आर्थिक वर्षमा आयोगमै दर्ता भएका उजुरीमध्ये आठ हजार ९३ वटा गत आर्थिक वर्षमा सरेर आएका थिए।

दुई आर्थिक वर्षको समेत गरेर कुल २४ हजार २४१ उजुरीमध्ये १७ हजार ९८ वटाको फर्स्योट भएको छ। आयोगमा अघिल्लो आर्थिक वर्षमा २२ हजार ६२५ वटा उजुरी दर्ता भएको थियो । त्यतिखेर कुल उजुरीमध्ये १४ हजार ५३२ वटाको फर्स्योट भएको थियो। आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले आयोगले गत आर्थिक वर्षमा ८२० वटा उजुरीलाई विस्तृत अध्ययनमा लगेको बताए। आयोगले लिखित निवेदन, इमेल, फेसबुक, वेबसाइट, भाइबर, टेलिफोन, मोबाइल एसएमएस, हुलाकलगायत विभिन्न ११ वटा स्रोतबाट उजुरी प्राप्त गरेको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :श्रावण २, २०७९ सोमवार - ०६:१८:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology