Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज देशभर ३९१ जनामा कोरोना सङ्क्रमण पुष्टि

आज देशभर ३९१ जनामा कोरोना सङ्क्रमण पुष्टि

दैनिकी न्यूज

४, श्रावण २०७९
आज देशभर ३९१ जनामा कोरोना सङ्क्रमण पुष्टि
images

काठमाडौं । आज देशभर थप ३९१ जनामा कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ९८१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३४० तथा एन्टिजेन विधिबाट ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।

यही अवधिमा थप ४६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार २७६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप कसैको मृत्यु भएको छैन । त्यस्तै, १ लाख ३२ हजार ५१५ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

images
प्रकाशित मिति :श्रावण ४, २०७९ बुधवार - २०:२१:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology