Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज देशभर ४३५ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ४३५ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

५, श्रावण २०७९
आज देशभर ४३५ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४३५ जनामा संक्रमण पुष्टि भएको हो।

तीन हजार ५६९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

एक हजार ६६७ जनाको पिसिआर र एक हजार ९०२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर दुई हजार ५३७ जना सक्रिय संक्रमित छन्।

५६ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

images
प्रकाशित मिति :श्रावण ५, २०७९ बिहिवार - १७:५५:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology