Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ८१४ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ८१४ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१७, श्रावण २०७९
आज देशभर ८१४ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप ८१४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ८१४ जनामा संक्रमण पुष्टि भएको हो।

पाँच हजार ४१५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

दुई हजार ७६२ जनाको पिसिआर र दुई हजार ६५३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर पाँच हजार १४४ जना सक्रिय संक्रमित छन्।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ। २९९ जना संक्रमित निको भएका छन्।

images
प्रकाशित मिति :श्रावण १७, २०७९ मंगलवार - २१:२१:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology