काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन ९५ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९४ हजार ८०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९५ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९५ हजार १०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १२ सय १० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १२ ष् ि२० रुपैयाँमा कारोबार भएको थियो।