Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज देशभर ४५५ जनामा कोरोना संक्रमण पुष्टि, दुईको मृत्यु

आज देशभर ४५५ जनामा कोरोना संक्रमण पुष्टि, दुईको मृत्यु

दैनिकी न्यूज

२९, श्रावण २०७९
आज देशभर ४५५ जनामा कोरोना संक्रमण पुष्टि, दुईको मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप ४५५ जनामा कोरोना भाइरस (कोभिड–१९ संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ४५५ जनामा संक्रमण पुष्टि भएको हो।

४ हजार ८२९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

२ हजार ३०८ जनाको पिसिआर र दुई हजार ५२१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५ हजार ४३५ जना सक्रिय संक्रमित छन्।

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा दुई जनाको मृत्यु भएको छ। ३०२ जना संक्रमित निको भएका छन्।

images
प्रकाशित मिति :श्रावण २९, २०७९ आइतवार - १८:५८:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology