Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मंगलबार सुनको भाउ घट्यो, तोलाको कति ?

मंगलबार सुनको भाउ घट्यो, तोलाको कति ?

दैनिकी न्यूज

३१, श्रावण २०७९
मंगलबार सुनको भाउ घट्यो, तोलाको कति ?
images

काठमाडौं । सुनको भाउ मंगलबार घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन ९६ हजार ७०० रुपैयाँ र तेजाबी सुन ९६ हजार २०० रुपैयाँ कायम भएको छ।

हिजो सोमबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९७ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १२ सय २० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १२ सय ३५ रुपैयाँमा किनबेच भएको थियो।

images
प्रकाशित मिति :श्रावण ३१, २०७९ मंगलवार - ११:२४:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology