Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

आज देशभर थपिए २०६ कोरोना संक्रमित

आज देशभर थपिए २०६ कोरोना संक्रमित

दैनिकी न्यूज

१७, भाद्र २०७९
आज देशभर थपिए २०६ कोरोना संक्रमित
images

काठमाडौं । देशभर थप २०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा थप २०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

२ हजार ८६९ को परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १५९५ जनाको पिसिआर परीक्षण गर्दा १३४ र १२७४ जनाको परीक्षण गर्दा ७२ जनामा संक्रमण पुष्टि भएको हो।

३९८ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज समेत भएका छन्।

यसको संक्रमणबाट तीन जनाको मृत्यु भएको छ भने २८९१ जना सक्रिय संक्रमित छन्।

images
प्रकाशित मिति :भाद्र १७, २०७९ शुक्रवार - २२:४७:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology