Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

निजामती कर्मचारीद्वारा उमेर हदभन्दा बढी काम

निजामती कर्मचारीद्वारा उमेर हदभन्दा बढी काम

दैनिकी न्यूज

२१, भाद्र २०७९
निजामती कर्मचारीद्वारा उमेर हदभन्दा बढी काम
images

काठमाडौं । कतिपय निजामती कर्मचारीले उमेर हदभन्दा बढी पनि काम गर्ने गरेको पाइएको छ । त्यस्ता कर्मचारीको अवधि पनि पेन्सन पट्टा बनाउने बेला मात्र थाहा हुने गरेको छ । राष्ट्रिय किताबखाना (निजामती) का अनुसार हरेक वर्ष चारदेखि पाँच जना निजामती कर्मचारीले उमेर हदभन्दा बढी समय सेवा गर्ने गरिएको पाइएको छ ।

निजामती सेवा ऐनमा कर्मचारीको अवकाश हुने उमेर हद ५८ वर्ष तोकिए पनि त्यस्ता कर्मचारी ५८ वर्ष उमेर कटिसके पनि सेवामा बहाल नै रहने गरेका हुन् । कार्यालय सहयोगीदेखि उपसचिवसम्मका कतिपय कर्मचारीले मालदार भन्ने गरिएका कार्यालयमा बसेर बढी समय सेवा गर्दा राम्रो आम्दानी गर्न सकिने मनसायले नियतवश नै बढी समय सेवा गर्ने गरेको राष्ट्रिय किताबखाना (निजामती)ले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :भाद्र २१, २०७९ मंगलवार - ०६:३०:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology