काठमाडौं । साताको पहिरो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको हो। योसँगै प्रतितोला छापावाल सुन ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ४०० रुपैयाँमा कायम भएको छ।
गत शुक्रबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको ११ सय ५० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँ बढेर चाँदी ११ सय ५० रुपैयाँमा किनबेच भएको थियो।