Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

३१, भाद्र २०७९
सुनको भाउ ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । शुक्रबार पनि नेपाली बजारमा सुन–चाँदीको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

यो भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँ घटेको हो। हिजो सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ घटेको थियो।

बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो।

images
प्रकाशित मिति :भाद्र ३१, २०७९ शुक्रवार - १२:३४:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology