काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन ९१ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९० हजार ९०० रुपैयाँ कायम भएको छ।
हिजो आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९१ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर ११ सय ७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी ११ सय ८५ रुपैयाँमा किनबेच भएको थियो।