Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

बाह्य देशको उत्पादनको भरले मात्र देश समृद्ध बन्न सक्दैनः अर्थमन्त्री शर्मा

बाह्य देशको उत्पादनको भरले मात्र देश समृद्ध बन्न सक्दैनः अर्थमन्त्री शर्मा

दैनिकी न्यूज

६, आश्विन २०७९
बाह्य देशको उत्पादनको भरले मात्र देश समृद्ध बन्न सक्दैनः अर्थमन्त्री शर्मा
images

गोरखा । अर्थमन्त्री जनार्दन शर्माले बाह्य देशको उत्पादन ल्याएर नेपालमा बिक्री–वितरण मात्र गर्ने परिपाटीले देश समृद्ध बन्न नसक्ने बताए । लिगलिग पालुङटार उद्योग वाणिज्य सङ्घ पालुङटार नगरपालिकाको आयोजनामा गोरखामा बुधवारदेखि सुरु भएको लिगलिग पालुङटार महोत्सव २०७९ को उद्घाटन कार्यक्रममा उनले आफ्नो देशका लागि आफैँ उत्पादन गर्ने र अरूका बाह्य देशमा पुर्‍याउन सक्ने व्यवसायले मात्र देश छिट्टै समृद्ध बन्ने बताएका हुन् ।

त्यस्तै अर्थमन्त्री शर्माले राजनैतिक उचाइ हासिल गरेको गोरखा जिल्लाले यतिबेला विकास निर्माण र समृद्धिको सन्दर्भमा न्याय खोजेको देखिएकोले यसले पूर्णता पाउने बताएका छन् । लिगलिगकोट र पालुङ्टारलाइ जोडेर राजनैतिक इतिहास सहितको पर्यटन विकासलाइ अगाडि बढाउनुपर्ने बताए ।

पालुङ्टारलाइ आइसिटिमा अघि बढाइ स्मार्ट सिटि बनाउनुपर्ने बताए सँघीय सरकार र अर्थमन्त्रालयबाट सबै सहयो गर्ने उनले बताए । स्मार्ट सिटिमा गरिवि र अभाव भन्ने कुरा हुँदैन । उत्पादनसँग जोडेर आयातित वस्तुलाइ विस्थापन गर्नुपर्ने उनले बताए ।

नजिकै नदि बगिरहेको छ तर हामीले हाम्रा सुख्खा टार सिञ्चाइ गर्न सकिरहेका छैनौँ, यो पानीलाइ टारमा ल्याउने योजना प्राथमकितामा राख्नुपर्दछ । यसका लागि सरकारले बजेट प्रदान गरेको छ, कामलाइ द्रुत गतिमा अघि बढाउन अनुरोध गर्दछु, मन्त्री शर्माले भने ।

देशमा एउटा पनि मल कारखाना नभएको र जापानिज कम्पनीले मल कारखाना खोल्न चासो राखेकाले भूगोल र विद्युत आपुर्तीका कारणले आफूले यसै क्षेत्रलाइ सिफारिस गरेको उनले बताए । मध्य पहाडी लोकमार्ग यहि पालुङ्टार भएर अघि बढेको छ। पालुङ्टारले बाहिरबाट आउने वस्तुलाइ विस्थापित गर्ने योजना तय गर्नुपर्ने उनले बताए ।

सघीयता कार्यन्वयनका लागि दलहरु वीच राजनैतिक एकता अपरिहार्य भएकोले मलाइ यो चिन्ह मन परेन, म साँसद बन्न पाइन भनेर मत विभाजन गर्नुहुँदैन, सँसदको निर्वाचन साँसद बनाउन र मन्त्री बनाउन होइन , परिवर्तन पछि भएको व्यवस्थालाइ कायम राख्न र साम्यवादमा पुग्नका लागि एकता कायम भएको हो उनले भने ।

सँघीयतालाइ स्थापित गर्न सबै एक भएर अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताए । पालुङ्टारमा बसेर विकास भएन , हामीलाइ विकास चाहियो भनेर भन्न पाउनु सँघीयताको उपल्ब्धी भएको उनले बताए । सँघीय लोकतान्त्रिक व्यवस्थाको अस्थित्व भनेको राजनैतिक पार्टीहरुको अस्थित्व रहेको उनले बताए । सँघ, प्रदेश र स्थानीय सरकार जनताको सेवक हो शासक होइन ।

सरकारले लिएको नीतिका कारण सरकारका आर्थिक सुचाङकहरु सकरात्मक अवस्थामा पुगेका छन् । केही तरलताको अभाव अझै कायम छ । यसमा हामीले काम गरिररहेका छौँ । बैँकमा व्याज पाउने उदेश्यले पैसा राखेर उत्पादन नहुने उनले बताए । वैँकले दिने गरेको व्याज घटाउन हामी लागि परेका छौँ । सबै नागरिकहरुलाइ आत्मनिर्भर बनाउन हामी लागि परेका छौँ ।

images
प्रकाशित मिति :आश्विन ६, २०७९ बिहिवार - ०२:११:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology