Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शुक्रबार सुनचाँदीको भाउ ह्वात्तै बढ्यो

शुक्रबार सुनचाँदीको भाउ ह्वात्तै बढ्यो

दैनिकी न्यूज

७, आश्विन २०७९
शुक्रबार सुनचाँदीको भाउ ह्वात्तै बढ्यो
images

काठमाडौं । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ३०० रुपैयाँ कायम भएको छ।

हिजो (बिहीबार) पनि सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९१ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार २०० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार १८५ रुपैयाँमा किनबेच भएको थियो।

images
प्रकाशित मिति :आश्विन ७, २०७९ शुक्रवार - १०:५८:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology