बुटवल । नेकपा (माओवादी केन्द्र) निकट भातृ संगठन वाईसिएल नेपालका अध्यक्ष सुबोधराज सेर्पालीले संगठन विस्तार अभियानका क्रममा लुम्बिनी प्रदेश समीतिको बैठकलाई सम्बोधन गर्दै कालाबजारी, महंगी नियन्त्रणमा युवाहरु जनताको सेवक बनेर लाग्न कार्यकर्तालाइ निर्देशन दिएका छन् ।
उनले नागरिकता विधेयक, जनजिबिकाका मुद्दाहरु, राष्ट्रियता लगायतका मुद्दाहरुमा सरोकारवाला निकायहरुको ध्यानाकर्षण गर्ने, ज्ञापनपत्र बुझाउने लगायतका गतिबिधि संचालनमा सक्रियताका साथ लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सङ्गठनको शनिवार लुम्बिनी प्रदेश समितिको बैठकमा ‘सबै युवा वाईसीएल‘ मा भन्ने नाराका साथ तीन महिने संगठन सुदृढीकरण तथा बिस्तार अभियान, एक वडा एक कमिटी–एक वडा तीन टोल कमिटी, हरेक वडा कम्तिमा १०० सदस्यता वितरण, सदस्य डिजिटल प्रणालीबाट गरि ९ लाख सदस्यता वितरण गर्ने उद्घोष समेत गरेका छन् ।
वाईसीएल देशव्यापी रूपमा सङ्गठन विस्तार अभियान सञ्चालन गर्दै आएको छ । उक्त क्रममा नेकपा माओवादीकेन्द्रका पोलिटब्युरो सदस्य रामप्रसाद सापकोटा दीपशिखाले ३–५ देखि काठमाण्डौमा भएको भेलाको म्यान्डेट अनुरुप आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि एक प्रदेश एक उत्पादन, एक स्थानीय १०० युवा सम्मिलित श्रम सहकारी, कार्यकर्ता संरक्षण कोष संचालन, मातहतका सबै कमिटीले स्विछिक आर्थिक जम्मा गर्ने, सबै कमिटी आत्मनिर्भर हुने गरि स्वरोजगारमुखी काम गर्ने लगायतका पपुलर कामहरु गर्ने भेलाले निर्णय गरेको सर्कुलर दिदै लुम्बिनी प्रदेश समितिलाई सक्रियाता पुर्वक लाग्न निर्देशन दिए ।

चुनावमा मतदाता शिक्षा, नमुना मतदान युवा मत संरक्षण गर्दै हरेक बुथ २०० युथ परिचालन गर्ने वाईसीएलको लक्ष्य रहेको छ । यो व्यवस्था निर्माणको योजनाकार माओवादीलाई बिजय गराउने गरि विशेष चुनावी योजना निर्माण गरि व्यापक युवा परिचालन गर्ने योजना रहेको वाईसीएल स्रोत बताउँछ ।