Logo

सोमवार, श्रावण २५ गते २०८३

images

निजामती सेवा प्रवेशमा स्याङ्जा पहिलो, मनाङ शून्य

निजामती सेवा प्रवेशमा स्याङ्जा पहिलो, मनाङ शून्य

दैनिकी न्यूज

१४, आश्विन २०७९
निजामती सेवा प्रवेशमा स्याङ्जा पहिलो, मनाङ शून्य
images

काठमाडौं । बितेको एक वर्षमा निजामती सेवामा सबैभन्दा धेरै उम्मेदवार सिफारिस हुने जिल्ला स्याङ्जा बनेको छ । मनाङबाट भने वर्षभरिमा एक जना पनि कर्मचारी निजामती सेवामा प्रवेश गरेका छैनन् ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लोकसेवा आयोगको बुझाएको ६३ औँ प्रतिवेदनअनुसार एक वर्षमा स्याङ्जाका १२२ जना निजामती सेवामा प्रवेश गरेका छन् ।

निजामती सेवामा धेरै सङ्ख्यामा प्रवेश गर्ने दोस्रो जिल्ला काठमाडौँ रहेको छ । काठमाडौँका ११४ जना व्यक्ति निजामती सेवामा प्रवेश गरेका छन् । त्यस्तै तेस्रो, चौथो र पाँचौँ जिल्लामा क्रमशः गुल्मी, मोरङ र अर्घाखाँची छन् ।

ती जिल्लाबाट निजामती सेवामा प्रवेश गर्नेहरू क्रमशः १०५, ६९ र ६८ जना छन् । धनुषा, पर्वत, कास्की, दाङ, झापा र सुर्खेतबाट क्रमशः ६७, ६६, ६४, ६४, ६३ र ६१ जना निजामती सेवामा प्रवेश गरेका छन् ।

आयोगले आर्थिक वर्ष २०७८–७९ को अवधिमा तीन हजार ७२७ पदका लागि एक हजार ३९७ वटा विज्ञापन गरेको थियो । यो समाचार गोरखापत्र दैनिकमा छापिएको छ ।

images
प्रकाशित मिति :आश्विन १४, २०७९ शुक्रवार - ०७:२६:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology