Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज कोजाग्रत पूर्णिमा

आज कोजाग्रत पूर्णिमा

दैनिकी न्यूज

२३, आश्विन २०७९
आज कोजाग्रत पूर्णिमा
images

काठमाडौं । हिन्दु धर्मावलम्बी नेपालीहरुको सबैभन्दा ठूलो पर्व बडादसैंको आज अन्तिम दिन धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैँ सकिन्छ ।

शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै समापन हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुन्छ ।

images
प्रकाशित मिति :आश्विन २३, २०७९ आइतवार - ०७:१३:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology