काठमाडौं । सर्वोच्च अदालतले ललितपुर क्षेत्र नम्बर ३ मा स्वतन्त्र पार्टीकी तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै उनले चुनाव लड्न बाटो खुलेको छ।
न्यायाधीश कुमार चुडालको इजलासले यस्तो आदेश दिएको प्रवक्ता विमल पौडेलले जानकारी दिए।
‘प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी सन्दर्भबाट निवेदकलाई हुन सक्ने अपुरणीय क्षतिको स्थिति तथा सुविधाको सन्तुलन समेतको रोहबाट प्रस्तुत मुद्दाको अन्तिम टुंगो नलागेसम्म कार्कीको ललितपुर ३ को उम्मेदवारी अयोग्य हुने गरी आयोगले कात्तिक १२ मा गरेको निर्णय कार्यान्वयन नगर्नू/नगराउन'’ सर्वोच्चको आदेशमा भनिएको छ।
आफूले गत भदौ २८ मा पत्र लेखेर काउन्सिलको सदस्य पद लाभको पद हो वा होइन भन्नेबारे आयोगलाई सोधेको पनि उनले उल्लेख गरेकी छन्। तर यो पत्रमा आयोगले कार्कीलाई जवाफ दिएको थिएन।