Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आलोचित बन्दै आयोग

आलोचित बन्दै आयोग

दैनिकी न्यूज

२१, कार्तिक २०७९
आलोचित बन्दै आयोग
images

काठमाडौं । निर्वाचन आयोगले चुनावलाई लक्षित गर्दै गरेको स्वेच्छाचारी निर्णय सर्वोच्च अदालतले धमाधम उल्टाइदिन थालेको छ। मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभालाई लक्षित गर्दै निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएपछि त्यस्तो अवस्था आएको हो। सामाजिक सञ्जालमा समेत अनावश्यक निगरानी राख्दै मनपरी निर्णय गरेको भन्दै आयोगको आलोचना हुने गरेको छ।

सर्वोच्चले मात्रै होइन, निर्वाचन आयोगले पनि यसअघिका आफ्नै निर्णय उल्टाउन थालेको छ। निर्णय मनपरी ढङ्गले गरेको भन्दै सर्वत्र आलोचना र विवाद हुँदा आयोगपछि हट्न थालेको हो। सञ्चारमाध्यममा लेखिएका समाचारका विषयलाई लिएर सेतोपाटी अनलाइनलाई पत्र पठाएपछि आयोगको चौतर्फी आलोचना भएको थियो । समाचारको विषयलाई लिएर स्पष्टीकरण सोधिए पनि आयोग अहिले पछाडि हटेको हो। मिडिया नियन्त्रण गर्ने कुनै नीति नभएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार आयोजित एक कार्यक्रममा स्पष्ट पारे । ुनिर्वाचन आयोगको अभिभाराु विषयक कार्यक्रममा थपलियाले भने, ुहाम्रा साथीहरू बढी जान्ने भएर पत्र पठाएछन् । हामीले निर्णय फिर्ता लिइसक्यौँ।ु आजको नागरिक दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :कार्तिक २१, २०७९ सोमवार - ०६:२७:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology