काठमाडौं । आज (बिहिबार) सुनको भाउ स्थिर छ । बुधबार तोलाको ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि सोही भाउमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा नै स्थिर छ ।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२ सय ८५ रुपैयाँ कायम भएको छ ।
