Logo

सोमवार, श्रावण २५ गते २०८३

images

६१ प्रतिशत मतदान : निर्वाचन आयोग

६१ प्रतिशत मतदान : निर्वाचन आयोग

दैनिकी न्यूज

४, मंसिर २०७९
६१ प्रतिशत मतदान : निर्वाचन आयोग
images

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आइतबार देशभर एकसाथ भएको आम निर्वाचनमा ६१ प्रतिशत मतदान भएको जानकारी दिनुभएको छ। आइतबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै प्रमुख आयुक्त थपलियाले अहिलेसम्म प्राप्त विवरणलाई हेर्दा ६१ प्रतिशत मतदान भएको जानकारी दिनुभएको हो।

आइतबार साँझ आयोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले भन्नुभयो, ‘‘६१ प्रतिशत मतदान भएको देखिएको छ। यो सङ्ख्या सम्पूर्ण विवरण प्राप्त भएपछि केही वृद्धि हुनसक्ने आयोगको अनुमान छ।’’

उहाँले १५ स्थानमा मतदान हुन नसकेकोसमेत जानकारी दिनुभएको छ। निर्वाचनको समयमा मतदाता र मतपत्रको सुरक्षाको क्रममा एक जनाको मृत्यु भएकोप्रति दुःख व्यक्त गर्नुभएको छ।

प्रमुख आयुक्त थपलियाले मतपत्र मत गणनास्थलमा पुर्‍याएपछि काठमाडौं उपत्यकामा आजै र अन्य ठाउँमा प्रक्रिया पूरा गरेर तत्काल गणना सुरु गर्न निर्देशन दिएको बताउनुभएको छ।

images
प्रकाशित मिति :मंसिर ४, २०७९ आइतवार - २२:१२:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology