काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष अशोककुमार राई सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निकतटम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई ४५३ मतान्तरले पराजित गर्दै राई निर्वाचित भएका हुन् ।
राईले १७ हजार ५९ मत ल्याए भने तामाङले १६ हजार ६०६ मत प्राप्त गरिन् । माओवादी केन्द्रका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएर तेस्रो हुँदा राप्रपाका अशोककुमार राईले ७ हजार ८८४ पाए ।
एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेयाङ्गबोले ७ हजार ८१२ मत ल्याए ।