काठमाडौं । आज सुनचाँदीको भाउ बढेको छ । आज पाँचौँ दिन पनि सुन–चाँदीको भाउ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन ९९ हजार ९०० रुपैयाँ र तेजाबी सुन ९९ हजार ४०० रुपैयाँ कायम भएको छ।
हिजो आइतबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो । यो दिन प्रतितोला छापावाल सुन ९९ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १३ सय ८५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँले बढेर चाँदी १३ सय ७० रुपैयाँमा किनबेच भएको थियो।